थप लोडशेडिंगले उद्योग चौपट हुने व्यापारीहरूको चिन्ता नेपाल विद्युत प्राधिकरणले बिहीवारदेखि लागु गरेको दैनिक १०-घण्टे लोड शेडिंगले उद्योगहरुको उत्पादन क्षमता ८० प्रतिशतले घट्ने व्यापारीहरुले बताएका छन्। लोडशेडींको नयाँ तालिका हेरेर निराश बनेका निजी क्षेत्रका व्यापारीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले यसले औद्योगिक उत्पादनमा ठूलो गिरावट हुने चेतावनी दिएका छन्।
