By माधवकुमार नेपाल
बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ्गमार्गको शिलान्यास भएकोमा मलाई खुसी लागेको छ । उपत्यकाको बढ्दो जनसङ्ख्याका लागि खानेपानी आपर्ूर्तिका सबै विकल्पहरू अपुग भएका छन् । यस अवस्थामा मेलम्ची खानेपानी आयोजना मात्र एउटा भरपर्दो समाधानका रूपमा देखा परेको छ । त्यसै कारण नेपाल सरकारले यस आयोजनालाई प्राथमिकताका साथ अघि बढाएको छ । सरकारको यस कार्यमा आ-आफ्नो ठाउ“बाट सक्रिय र रचनात्मक सहयोग पुर्याउन म सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछु ।
विगतमा विभिन्न कठिनाइहरूका कारण समयमै यस महत्वपर्ूण्ा आयोजनाको निर्माण कार्य सुरु हुन सकेन । हामीले समयमै यो काम सम्पन्न गर्न सकेको भए अहिलेसम्म राजधानीको खानेपानीको समस्या समाधान भइसक्ने थियो । अहिलेसम्म यस क्षेत्रमा विकासको प्रतिफल प्राप्त भइसक्ने थियो, रोजगारीका अवसरहरुको सिर्जना भइसक्ने थियो र आयोजनाको लागत पनि घट्ने थियो । लामो समयको प्रतिक्षापछि आज आएर यस आयोजनाको सबभन्दा महत्वपर्ूण्ा सुरुङ्गमार्ग निर्माण कार्यको शुभारम्भ भएको छ । अब यो आयोजना तोकिएको समयभित्र सम्पन्न गर्नैपर्छ भन्ने कुरामा म जोड दिन चाहन्छु । हामीले निर्धारित समयमै यो आयोजना सम्पन्न गरी राजधानीवासीको खानेपानीको समस्यालाई समाधान गर्नेछौ“ र यस क्षेत्रका जनताको चाहना परिपर्ूर्ति गर्नेछौ“ भन्नेमा म आशावादी छु ।
हाम्रो मुलुकमा धेरै ठूला आयोजनाहरू निर्माण हुन सकिरहेका छैनन् । एकातिर स्वदेशी पु“जीको अभाव, अर्कातिर अनेकौ“ जटिलता । यी कारणले गर्दा पनि हामीले यसमा वाञ्छित सफलता पाउन सकेका छैनौ“ । अर्कातिर दातृ निकायहरू पनि हाम्रो देशको स्थितिले गर्दा सन्तुष्ट हुन सकिरहेका छैनन् । यस्ता समस्या भएका कारण हामीले ठूला आयोजनाहरूमा दातृ निकायहरूलाई पनि आकषिर्त गर्न सकिरहेका छैनौ“ । यस्ता गतिविधिहरूले आयोजनालाई समयमै पूरा गर्न सकि“दैन । त्यति मात्र होइन, समयमै निर्माण पूरा हुन नसकेका कारण त्यसको लागत पनि महङ्गो पर्दै जान्छ । हामीले याद राख्नर्ुपर्छ- तत्कालै हाम्रो गोजीबाट खर्च नभए पनि जति लागत बढ्दै जान्छ, त्यो सबै ऋण हाम्रै थाप्लोमा थपि“दै जान्छ । यही भावनाका साथ अघि बढ्न सक्यौ“ भने मात्र हामीले सरकारका हरेक निर्ण्र्ाारूलाई आफ्नै निम्ति गरिएका हुन् भन्ने सम्झन सक्छौ“ र त्यसमा हिस्सेदारी स्थापित गर्न सक्छौ“ । सरकार भनेको जनताको प्रतिनिधि र अभिभावक दुबै हो । लोकतन्त्रमा सरकार सधै“ जनताको निगरानीमा हुन्छ । म आमजनसमुदायलाई आग्रह गर्न चाहन्छु- विकास-निर्माणसम्बन्धी सरकारका कामहरूमा सबै जनसमुदायले साथ दिनुहोस् । त्यसपछि निगरानी गर्ने काम पनि अघि बढ्न सकोस् । किनभने, नोक्सानी हु“दा त्यसको वेफाइदा जनतालाई नै नै हुन्छ ।
त्यसैले काम समयमै सम्पन्न हुन्छ कि हु“दैन - कामको गुणस्तर कायम राखिएको छ कि छैन - यसमा अनियमितता भएको छ कि छैन - यस्ता कुरामा व्यवस्थित र संस्थागत रुपमा ध्यान दिन सक्दा मात्रै सचेत नागरिकको कर्तव्य पूरा गरेको ठहरिनेछ ।
विगतमा द्वन्द्वका कारण थुप्रै भौतिक संरचनाहरु ध्वस्त भएका छन् । हामीले अब तिनको पुनःनिर्माण गरेर मात्र पुग्दैन, अहिलेको आवश्यकतालाई परिपर्ूर्ति गर्ने हिसावले थप नया“ संरचनाहरु र नया“-नया“ निर्माण गर्नुपर्ने भएको छ । द्वन्द्वले कुनै एक पक्षलाई मात्र प्रभावित पार्दैन, सबैलाई मार पार्छ भन्ने कुरा हामीले भोगिसकेका छौ“ । विगतको द्वन्द्वमा हजारौ“ नागरिकको ज्यान मात्र गएन, आमजनतास“ग सम्बन्धित अनगीन्ति क्षतिहरु भएका छन् । हामीले अब तिनलाई पनि पूरताल गर्नुछ । साथसाथै, यस्तो द्वन्द्वको स्थिति फेरि सिर्जना नहोस् र मुलुकमा कसैले पनि कुनै पनि किसिमबाट भेदभाव तथा उत्पीडनको स्थिति महसुस गर्न नपरोस् भनेरै अहिले हामी सबैको अपनत्व बोध हुने गरी जनचाहना अनुसारको नया“ संविधान बनाउन गइरहेका छौ“ । शान्ति प्रक्रियालाई र्सार्थक निष्कर्षा पुर्याउने र निर्धारित मितिभित्रै नया“ संविधान बनाउने कुरा हाम्रो मुलुकको भाग्य र भविष्यस“ग जोडिएको छ । किनभने, विकास र राजनीति निरपेक्ष हुन सक्दैनन् । राजनीतिलाई सही दिशामा लैजान सकियो भने विकास निर्माणलाई पनि त्यही गतिमा अगाडि बढाएर लैजान सकिन्छ । त्यसैले यस कार्यमा सबै राजनीतिक दल, नागरिक समाज र आमजनसमुदायको सक्रिय सहयोग हुन जरुरी छ भन्ने मलाई लाग्दछ ।
यस आयोजनाको कार्यान्वयनपछि राजधानीमा लामो समयदेखि रहेको खानेपानी आपर्ूर्तिको समस्या समाधान गर्न मद्दत पुग्नेछ । यसले राजधानी र राजधानीबासीको समग्र विकासमा नै नया“ आयाम थप्नेछ र राजधानीबासीको जीवनयापनमा अनुकूल प्रभाव पर्नेछ भन्ने मैले विश्वास लिएको छु । त्यति मात्र होइन, वागमतीमा स्वच्छ पानी बग्नेछ र काठमाडौ“को जनजीवनमा निकै सकारात्मक प्रभाव पर्नेछ ।
नेपालमा ज्यादै ठूलो सङ्ख्यामा खानेपानी र त्यसका कारण उत्पन्न हुने रोगबाट मानिसको मृत्यु हुने गरेको छ । मुलुकको राजधानी शहर पनि खानेपानीजन्य समस्याबाट ग्रस्त भइरहेको छ । पानीजन्य रोगको उपचारमा वर्षोनी लाखौ“ रकम खर्च हुने गरेको सर्न्दर्भलाई विचार गर्दा यस परियोजनाबाट काठमाडौ“को समग्र जनजीवन ठूलो प्रभाव पर्ने निश्चित त छ“दैछ, विदेशीहरुलाई समेत सकारात्मक प्रभाव पारेर पर्यटनमा सकारात्मक प्रभाव पार्नेछ भन्ने मैले विश्वास लिएको छु ।
हालै मात्र रुकुम, जाजरकोटलगायतका मध्य तथा सुदूरपश्चिमका पहाडी जिल्लामा खासगरी फोहोर पानीका कारण झाडापाखाला फैलिएको छ र यसले महामारीको रूप समेत लिएको छ । यस प्रकोपबाट धेरै नेपालीको ज्यान गएको घटनाले स्वस्थ जीवनका लागि स्वच्छ खानेपानी र सरसफाईमा अझ वढी ध्यान जान आवश्यक भएको कुरालाई सबैले महसुस गर्नुपर्ने आवश्यकता छ । सबै नागरिकलाई स्वच्छ खानेपानीको आपर्ूर्ति र सरसफाईको उचित प्रवन्ध गर्ने काम सरकारको प्राथमिक दायित्वभित्र पर्दछ । सम्वन्धित मन्त्रालयलाई यससम्बन्धी कामलाई योजनाबद्ध रूपमा अगाडि बढाउन म निर्देशन दिन चाहन्छु । यस अवस्थामा अझै पनि देशको राजधानीमै खानेपानी तथा सरसफाईको अभाव रहेको स्थित्रि्रति सरकारका सबै निकायको ध्यान जानु अति आवश्यक पनि रहेको छ । यिनै कुराहरूलाई ख्याल गरी यस आयोजनाको छिटो निर्माणका लागि आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउन सरकार तत्पर रहेको म जानकारी दिलाउन चाहान्छु ।
यस आयोजनाले राजधानीवासीको खानेपानीको माग मात्र पूरा गर्ने नभई स्रोत रहेको मेलम्ची उपत्यकामा समेत पर्याप्त भौतिक, सामाजिक तथा आर्थिक विकासका अवसरहरू सिर्जना गर्नेतर्फप्रयासहरू सुरु भएका छन् । अहिले म आउ“दै गर्दा बाटोमा एकजना बैनीले भन्नुभयो- ‘अरु त ठीकै भयो, सम्झौता भयो । तर, महिलाहरुका बारेमा अलग्गै केही भएन अर्थात् महिलाहरुलाई सम्बोधन गरिएन ।‘ म आयोजनास“ग सम्बन्धित सबैलाई यस विषयमा महिलाहरुलाई अलग्गै कसरी सम्बोधन गर्न सकिन्छ, त्यसबारे आवश्यक ध्यान दिन निर्देश गर्न चाहन्छु ।
यस आयोजनाबाट सबैले उचित लाभ प्राप्त गर्नेछन् भन्ने मैले विश्वास लिएको छु । विकास भनेको एउटाको हिस्सा काटेर अरूलाई बा“ड्ने काम होइन । यो त साधन-स्रोतको अधिकतम र दीगो उपयोगवाट प्राप्त हुने अवसरहरूको न्यायोचित वितरण गरी लगानीको अधिकतम प्रतिफल लिने तथा जनताको जीवनस्तर माथि उठाउने अभियान पनि हो । यस कुरालाई ध्यानमा राखेर अघि बढ्न म सबैलाई आग्रह गर्दछु ।
यस आयोजनाको आरम्भदेखि यहा“सम्म ल्याई पुर्याउन कुनै न कुनै रूपमा योगदान गर्नुुहुने र विभिन्न कठिनाइहरूका बाबजुद आयोजनालाई यस अवस्थासम्म ल्याई पुर्याउन सहयोग गर्नुहुने सम्पर्ूण्ा प्राविधिकहरू, राष्ट्रसेवक कर्मचारी र नागरिकहरू, आम जनसमुदाय, काठमाडौ“ र सिन्धुपाल्चोकका बासिन्दाहरुलाई म विशेष धन्यवाद दिन चाहन्छु । साथै, यस प्रयासमा र्सार्थक सहयोग पुर्याउने दातृ निकायहरू- एसियाली विकास बैङ्क, जापान सरकार, ओपेक कोष, एन.डी.एफ. लगायत नर्वे र स्वीडेन सरकार अनि छिमेकी चीनका कन्ट्याक्टर संस्थाहरुबाट बाट प्राप्त निरन्तर सहयोगका लागि म हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दछु । आयोजना निर्माणमा सक्रिय सहयोग पुर्याउने प्रभावित क्षेत्रका आमजनसमुदायलाई पनि सरकार र मेरो तर्फबाट धन्यवाद दिन चाहन्छु ।
अन्त्यमा, यो आयोजना द्रूत गतिमा निर्माण पूरा भई राजधानी तथा मेलम्ची क्षेत्रको विकासमा अर्थपर्ूण्ा योगदान पुर्याउन सकोस् भन्ने मेरो शुभकामना व्यक्त गर्दै म आफ्नो मन्तव्य यही“ टुङ्ग्याउ“छु ।
धन्यवाद
(सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालले मेचलम्ची खानेपानी आयोजनाको सुरुङमार्गको शिलान्यास -१९ साउन, ०६६) का अवसरमा व्यक्त गर्नुभएको मन्तव्य)
