By खेम भण्डारी
प्रधानमन्त्री माधव नेपालको भारत भ्रमणको ठीक १० दिनअगाडि मात्रै अचानक पञ्चेश्वर र महाकाली नदी चर्चामा आए । माओवादीको चर्को विरोधले कुरा सामसुम भयो । राष्ट्रिय बहसको मञ्चमा झुल्किएको पञ्चेश्वर पर्दाबाट हराउनुभन्दा केही दिनअगाडि मात्रै व्यवस्थापिका संसद्को लेखा समितिले पश्चिम सेतीको सम्झौता मस्यौदाको विषयवस्तुमा गम्भीर प्रश्न उठाएर त्यस परियोजनाको कार्यान्वयनलाई पछाडि धकेलिदियो ।
नेपालकै मुहार फेर्न सक्ने पञ्चेश्वर र पश्चिम सेतीले राज्यको उपेक्षा र भेदभावका कारण अभाव र पछ्यौटेपनको दुर्दशा भोगिरहेको सुदूरपश्चिमको अवस्थामा कस्तो परिवर्तन ल्याउन सक्लान् व्याख्या गरिरहनु नपर्ला । उत्तराखण्ड र पश्चिमी उत्तर प्रदेशमा सिँचाइको प्रचण्ड समस्या र करिब १५ हजार मेगावाटको विद्युत् कमी भोग्दै गरेको भारत बल्ल महाकाली सन्धिको फाइदा लिने मुडमा पुगेको बेला ‘संक्रमण काल’ भन्दै सबै सम्भावनाहरूलाई टार्ने काम गरिंँदै छ । झन्डै दुई दशकदेखि प्रक्रियामा रहेको पश्चिम सेतीलाई नानाथरीका अडङ्गा तेस्र्याएर अनिश्चित बनाउने काम भइरहेको छ ।
देशको सबैभन्दा उर्बर र धेरै सम्भावनाहरू विद्यमान भएको सुदूरपश्चिमलाई हेर्ने र व्यवहार गर्ने काठमाडौंको प्रवृत्तिले मात्रै संसाधनहरूको दोहन र उपयोगका सम्भावनाहरूबाट वञ्चित गराएको भए कुरा अर्कै हुने थियो । मुख्य समस्या त सुदूरपश्चिमको प्रतिनिधित्व गर्नेहरूको दास मनोवृत्ति हो । पञ्चेश्वर र पश्चिम सेती कथित राष्ट्रवाद र राष्ट्रिय चिन्ताको शिकार हँुदै गर्दा पनि सुदूरपश्चिमका भोटबाट जितेर काठमाडौंमा महल बनाएकाहरूदेखि अवसर लिंँदा आफूलाई ‘सुदूरपश्चिमको मान्छे’ भनाउनेहरूसम्म कसैले चुइँक्क नबोलेको दृश्य उदेकलाग्दो छ ।
राजनीतिदेखि नोकरशाहीसम्म, प्रविधिदेखि व्यापार व्यवसायसम्म आज राष्ट्रिय परिदृश्यमा सुदूरपश्चिममा जन्मेका हुर्केकाहरूको प्रभावशाली उपस्थिति छ । कार्यकालको हिसाबले लोकेन्द्रबहादुर चन्द र शेरबहादुर देउवा आधा दर्जन पटक प्रधानमन्त्री भए । हरेक पटकको पुनर्गठनमा सुदूरपश्चिमले राम्रै र शक्तिशाली मन्त्रालयहरू पाउने गर्छ । देशको कुल जनसंख्याको करिब आठ प्रतिशत मात्रै जनतामध्येबाट प्रहरी र सेनाका सर्वोच्च र उपल्ला ओहदामा बस्ने सुदूरपश्चिमेलीहरूको संख्या उल्लेखनीय छ । नोकरशाहीमा सचिवस्तरमै पनि सुदूरपश्चिमलाई भजाउनेहरूको बाक्लो उपस्थिति रहँदै आएको छ । संवैधानिक निकायदेखि संस्थानहरूसम्म पनि सुदूरपश्चिमले नेतृत्व तहका थुप्रै हस्तीहरू पैदा गरेर पाठइरहेको छ ।
तर, काठमाडौंको कोलाहल, सत्ताको उज्यालो र हीनताबोधको सुसुप्तताले गर्दा सुदूरपश्चिमको भाग चाट्ने हस्तीहरू सुदूरपश्चिमको हितमा भन्दै ‘बार्गेनिङ’ गर्ने मञ्चहरू गठन गर्नेबाहेक अरू काम जान्दैनन् । सोझो-घुमाउरो अनेक बाटोबाट आर्जन गरेको धनले काठमाडौंमा महल खडा गरेपछि औंसीको जुन हुनेहरूकै कारण आज सुदूरपश्चिमले तत्काल सतहमा आएका पञ्चेश्वर र पश्चिम सेतीको सम्भावनाबाट वञ्चित हुनुपरेको छ । भोलि ती परियोजनामा ठूला पद र प्रभावशाली भूमिका खोज्नेहरूको भित्रभित्रै लाम तयार भइरहेको होला तर अहिले उनीहरू पनि सम्भावना तुहाउने खेलका मतियार बनेर बसेका छन् ।
मुनासिब हद र स्वाभाविक मोलतोललाई समेत पर्वाह नगरी तथाकथित राष्ट्रवाद र राष्ट्रप्रतिको नक्कली चिन्ताको प्रदर्शन गर्दै सुदूरपश्चिमका तमाम सम्भावनाहरूलाई ओझेलमा राखिरहने ग्राण्ड डिजाइनअनुसार काम भइरहेको छ । राष्ट्रियता जडवत रूपमा परिभाषित हुँदैैन । त्यसको परिभाषामा विवेकपूर्ण लचकता भएन र सापेक्षता त्यसको चरित्र भएन भने अन्ध राष्ट्रवादले ठाउँ लिन्छ । पश्चिम सेती र महाकाली नदीको उपयोगको सवाललाई क्रमशः अन्ध राष्ट्रवाद र राष्ट्रप्रतिको विवेकहीन चिन्ताले गाँज्दै लगेको देखिन्छ ।
करिब तीन खर्बको लागतमा निर्माण हुने पश्चिम सेतीले २५ वर्षमा त्यति नै कमाएर राष्ट्रिय ढुकुटीमा भर्ने छ । २५ वर्षपछि सरकारको स्वामित्वमा आएपछिको आयको हिसाब छुट्टै छ । तर, अबका २५ वर्ष सुदूरपश्चिमका जनताले सेतीका माछा खाएर बसुन् भन्ने मनसायका साथ काठमाडौंमा खेल चलिरहेको छ । उता, महाकालीको पानी बगेको बग्यै छ । हरेक वर्ष ५० अर्बभन्दा धेरैको पानी खेर गइरहेको छ । १० बिघा जग्गालाई सिंच्ने कुलो पनि बनाउन नसक्ने हुती भएकाहरू काठमाडौंमा बसेर आधा पानीको नारा गुञ्जाइरहेका छन् ।
लुटाइदिनुपर्छ वा सर्वस्व सुम्पिदिनुपर्छ भन्ने दुराग्रह होइन । पश्चिम सेती र महाकालीमा नेपालको हित र हक सुनिश्चित गरिनै पर्छ । तर, त्यसो गर्ने निहुँमा नभएको अत्तो झिकिरहने र नियतवश मुनासिब हदको लचकता देखाउन कञ्जुस्याइँ गर्ने प्रवृत्ति गलत हो । लेखा समितिले पछिल्लो पटक उठाएको कुरामा दम छ । नेपालको कानुनभित्र राखेर पश्चिम सेतीको निर्माण र सञ्चालन हुनुपर्छ र संक्रमणकालका समस्याहरूका कारण आउने व्यवधानको भर्पाइ गर्न नेपाल बाध्य हुनु हुँदैन । अत्तो लेखा समितिले होइन तथाकथित वातावरणकर्मी र राष्ट्रवादीहरूको नकारात्मक प्रवृत्तिले थापेको छ । खोलामा बगिरहेको पानीको लोभ नगर्नेहरूलाई ननिकालिएको बिजुलीको चिन्ता छ । ८० मेगावाटको छुट्टै पावर हाउस बनाएर ७५० मेगावाट बिजुली भारतलाई बेच्दा राम्रो कि सेतीको पानी अझै तीन दशक खेर जानु ठीक ?
दिउँसै बिजुली बाल्ने हो भने पञ्चेश्वर अगाडि बढाऔं । हाम्रो भागमा पर्ने करिब ३५०० मेगावाट बिजुली ल्याएर चौबीसै घन्टा बालौं । पश्चिम सेतीको ८० मेगावाट बाहेकको बिजुली भारतलाई बेच्न दिऔं । भनाइ के हो भने सम्भावनाका सकारात्मक पक्षहरूमा पनि केन्दि्रत हुन सिकौं, विकासलाई बहुआयामिक बनाइनुपर्छ । पश्चिम सेतीको बिजुली कि त नेपालले नै किन्ने भन्नु पर्यो कि भने सरकार स्वयंले त्यो परियोजना बनाउन सक्नुपर्यो । निजी क्षेत्र अगाडि आए पनि हुन्छ । विकल्पहरू दिन नसक्ने अनि रुवाबासी गर्ने कामको के अर्थ हुन्छ ? स्मेकले अझैं ५० वर्ष कुरिरहन्छ भन्ने के ग्यारेन्टी छ ? कि स्मेक मन नपरेको हो ? लफडाले धुमिल हुँदै गरेको सम्भावनाका बीच सेती नदीमा खेर गइरहेको पानीको हिसाब गर्ने हो कि ?
पर्यावरणीय दृष्टिले सकारात्मक र स्तरीय पुनर्वासको योजना मात्रै पश्चिम सेतीको आकर्षण होइन । त्यो परियोजनाको निर्माणसँगै सुदूरपश्चिममा बढ्ने आर्थिक गतिविधि पनि लोभलाग्दो कुरा हो । भोकभोकै मरिरहेका जनतालाई नदेख्ने, माछाको बासस्थानको चिन्ता गर्ने । थलारा लगायतको बेसिन क्षेत्रका जनताको दुर्दशा देखेर दया नमान्ने, सांस्कृतिक विस्थापनको हौवा फैलाउने । सेतीबाट एक वाट पनि बिजुली निकाल्ने हैसियत नराख्ने अनि सित्तैमा बन्न लागेको ८० मेगावाटको पावर हाउस र वाषिर्क रूपमा भित्रिने करोडौं रुपैयाँको सम्भावनालाई तुहाउने । पश्चिम सेतीका विरोधीहरूले के गर्न खोजेका हुन् बुभmनै नसकिने कुरा भएको छ ।
उता, महाकाली नदीमा समान हकको कुरा गर्नेहरूको कुरा पनि बुभmन गाह्रो छ । पञ्चेश्वरमा नेपालले ३९ प्रतिशत मात्रै लगानी गर्ने अनि बिजुली र पानी आधाआधा हुनुपर्छ भन्ने । समान हकवादीहरूले भन्न सक्नुपर्यो नेपालले पनि ५० प्रतिशत नै लगानी गर्छ र बिजुली मात्रै होइन पानी पनि आधा लैजान्छ । लगानीअनुसार प्रतिफल पाउने शास्वत सिद्धान्तलाई बिर्सेर समान हकको कुरा गर्दा विवेकको प्रयोग भएको कसरी मान्ने ? महाकाली नदी साझा हो पनि भन्ने अनि भारतले त्यसको उपयोग गर्न खोजे षड्यन्त्रको गन्ध देख्ने प्रवृत्ति पनि हास्यास्पद हो । नेपालले महाकालीको आधा पानी उपयोग गर्ने योजना बनाएर अगाडि बढ्ने हो भने छुट्टै आन्दोलनको विकास हुन सक्छ । टनकपुरबाट पाइने एक हजार क्युसेक पानी ल्याउन १३ वर्षमा जम्मा तीन किलोमिटर नहर खन्न सक्ने हैसियत पनि देख्न सक्नुपर्यो । महाकालीको आधा पानी लैजान्छौं नहर बनाइदे भन्दा भारतले ‘बनाइदिन्न’ भन्नु स्वाभाविक होइन र ? पञ्चेश्वर निर्माणमा नेपालले बेहोर्नुपर्ने करिब १ खर्ब ३५ अर्ब अमेरिकी डलरको लागतलाई हाउगुजी बनाएर महाकाली नदीको उपयोगका सबै सम्भावना ओझेलमा पार्ने काम हुँदैछ । महाकाली नदीको चिन्ता गर्नेहरूले त्यो रकम जुटाउने अभियानमा लागे कसो होला ? प्रतिफल सुनिश्चित भएका परियोजनामा लगानी गर्न संसारका दर्जनांै वित्तीय संस्थाहरू तयार हुन्छन् । त्यो रकम नेपालको २५ वर्षको बजेट रकम बराबर निश्चित रूपमा हो । तर, पञ्चेश्वर एक रातमा बन्ने होइन । कम्तीमा पनि दस वर्ष लाग्ने त्यस परियोजनाका लागि राष्ट्रिय मिसनका रूपमा लगानी जुटाउने पहल गर्न सकिन्छ । काठमाडौंका वातानुकूलित भव्य च्याम्बरमा बसेर योजना बनाउनेहरूले यसबारेमा के गर्न सक्छन् जनताले बुभmन पाउनुपर्छ । पञ्चेश्वर तुहाउन लगानीको कुरा उठाउने नियत महाकालीको उपयोग नहोस् भन्ने आशयबाट प्रेरित छ भन्ने आरोप लगाउन धक मान्नुपर्ने कारण छैन किनभने लगानीका सम्भाव्य स्रोतहरूबारे सिन्को भाँच्ने काम भएको छैन ।
पञ्चेश्वर र पश्चिम सेतीको पक्षमा बोल्ने र लेख्नेहरूको खडेरी छ । विरोधीहरूले अस्वाभाविक स्तरमा विरोध गरिरहेका छन् । सकारात्मक पाटोहरूलाई ओझेल पार्ने गरी चर्को विरोध भइरहेको बेला पक्षमा बोल्दा राष्ट्रघाती कहलाइने डरले त्यसो भएको हुनुपर्छ । तर, सत्य सधँै सत्य हुन्छ । भारतसँग जोडिएका यस्ता परियोजनाहरू खोक्रो राष्ट्रवादको मात्रै होइन राजनीतिक पूर्वाग्रहको शिकार बन्ने गरेका छन् । प्रधानमन्त्री माधवकुमार नेपालले उहिल्यै भने जस्तो माइक्रोवेभबाट बिजुली निर्यात हुने प्रविधिको अबिष्कार नहुञ्जेल हामीले जलस्रोतको बजार छरछिमेकमै खोज्ने हो । तीनतिर भारतले घेरेको हुँदा भारत नै ठूलो र निकट बजार हो । यस्तो यथार्थलाई नबुझीकन आपmनो सरकार ढालेको झोंकमा होस् वा पेट्रो माफियासँगको साँठगाँठमा होस् सम्भावनाका सकारात्मक पक्षहरूलाई पनि रद्दीमा मिल्काउन प्रयास गर्नु गलत हो ।
पश्चिम सेती र पञ्चेश्वरलाई सबैभन्दा पहिले सुदूरपश्चिमेलीहरूको दृष्टिबाट हेरिनुपर्छ । काठमाडौंका आशनहरू तताइरहेका सुदूरपश्चिमेलीहरूका आँखामा लागेको पट्टी खुल्दो हो त सम्भावनाका यी ढोकाहरू सजिलै खुल्ने थिए । दुर्भाग्य, पद, प्रभाव र पहुँचमा बसेकाहरूले पनि राष्ट्रवाद र राष्ट्रप्रतिको चिन्ताको नाटक मञ्चन गरिरहेकाहरूका खोक्रा तर बदनियतपूर्ण अत्तोको चिरफार गर्न सकिरहेका छैनन् । अब राष्ट्रवाद व्यावहारिक हुनुपर्छ, राष्ट्रप्रतिको चिन्ता अभाव र गरिबीमा केन्दि्रत हुनुपर्छ भन्ने सोचका साथ पश्चिम सेती र महाकाली नदीको कुरा गरिनुपर्छ ।
लेखक महेन्द्रनगरका पत्रकार हुन् /sudoor.bichar@gmail.com
Source: Kantipur daily/August 24, 2009

August 25th, 2009 at 5:06 am
that guy himself is in confusion. actually this is smec’s voice in his name. he is also operating ngo and radio in mahendranagar name of the far western people.
he seems to be long term vision less . india is planning to take water from panchewar to rajastan but these type’s of indian’s agent are just talking about energy export to india and duisai batti balne som sharma ka katha jhai. pancheshwar ma ekpatak khadge oli, ra pashupati shamsher, madhav nepal le pani diusai batti baleka thiya baleka thiya aba khem bhandari junior tara khadga oli bhag 2 bhayer aaya 6.
yo hami tharu ko land ma baser pancheshwar ra west seti ko rajniti garne? bharat ma jane pani ra bijuli ka lagi hami tarai ka adhibashi tharule kunai pani bisthapit lai tarai ma prabesai dinnau. baru khem bhandari jasta le pani baitaidi tirai sarne ho ki? hamro pani chha sudur pashim ra tarai ko afno distrikon
August 25th, 2009 at 6:11 am
indian embassy le yesko fm ma thupro paisa haldai chha re rajendra mahato ko jhai ani yeti bharat bhakti dekhaunu paren bhanya ? ani asti tir smek le sudoor pashim ka media house ra patrakar lai badeka computer ra laptop yesko ma ni puge holan. ani sakiyan !! bhad ma jaos rastrabad !!! khokro bhane pugi go ni ngo ra fm radio ani beluka daru ra taruni bhayechha pugigo ni. yeslai ta expose garnu nai baki chha how he is doing business.
August 25th, 2009 at 10:13 am
Uddav Dhamijiko comment informative lagyo. Tara information chahi chhaina rechha.
Uhale Khem Bhandari ko FM bhannu bhako recha, tara naam chhaina…
Rajendra Mahato ko jhai bhannu bhako chha, tyo bhaneko K ho?
“asti tir smek le sudoor pashim ka media house ra patrakar lai badeka computer ra laptop” ko kura garnu bhako chha. Asti tira bhaneko kahile ho? kunkun media house ra patrakarlai computer ra laptop deko rechha tyo janna paye mero local patrika pani chhapne thiye. Launa Uddav jee tyo thaha paun..
Khemko NGO pani chha bhannu bhako rechha, tyasko naam pan lekhnu hola..
Tara antim tira tapaile lekheko comment herda ali niyat kharab lagyo. Kinaki tapaile daru ra aruni bhanne kura jhiknu bhako rechha… kuro prasta lekhnu paryo. Tapai pani uhasangai basera daru ra tarunima masti gardai bhayera thaha pako ho hi kya ho?
Yi kura kholna saknu parchha, Uddavjee tapai jasta byakti le..
Natra bhane NGO ra tyaskai bharma uhale community radio chalako dekhinchha tapaiko comment padhda… Khemlai ta pa chindina…
tara uha pani patrakaar hunuhodo rechha…
Ek jana patrakaarlai charitra hatya garne manasaya ra dusit aatma tapaima ghuseko dekhinchha…
Ki tapaile pani sabai project ko birodh garne tatwa haruko maal chatnu bhako chha…? Kuro ta tinai fataha haru sita mileko dekhchhu ni ….
Ani last ma tapaile Bhandari ko bhandafor garne kuro lekhnu bhako chha. Tyo chahi unlai dhamki diyeko ki kuro ma kehi damm chha ?
Feri tapai pani chinine rupma (parichaya sahit) niskinu bhaye ta unle pani xpose gardelaan ni. haina ra?
August 25th, 2009 at 11:12 am
Mr. Dhami and Chaudhary must be scared of the cotents in the write-up. In fact such write-ups are to be promoted by kantipur. When the things change they will known who they are.
August 25th, 2009 at 11:46 am
I like to see Mr. “Bhgiram” Chaudhary’s face at this moment.
Aafai confusion ma bhayera arulai tyasto lekhne ulto dristikon bhako le khemo dristikon ma prasna udhako dekhda daya lagyo.So you guy yourself and your guru are in confusion. I like need to point out your confusing few ideas Mr. “Chaudhary”
Actually as you people are boiled by some external elements always think conspiracy in every episode of the society. Especially, you see more in the developmental issues. Because your gurus alway liked to keep you under dark and exploit your poverty and lack of analytical capacity.
Few handful of people confused the real respected people with the blur vision of every image. So, you found Khem’s voive as smec’s voice. that is nor actually your but your guru’s stupidity.The same guru who is making propoganda against Khem with the accusation of operating ngo and radio in mahendranagar name of the far western people. The fact is that bitter-brained Gurus are the Don of NGO world of Nepal, who are making fool the illusioned foreigners. At least, Khem is running a radio with hte support of NGO, as they are blaming.
In terms of vision I like to suggest “Bhgiram” Chaudhary”, pray your gurus to stop all rivers in Nepali land forever and drink whole ther water yourself.Otherwise Nepali water will obviously flow to India and he will manage and plan with his best. Think positively. Think about to ulilize the resources not to disturb the development.
Khadga Oli, Makune haru “Bhgiram Chaudhary” ka guru haru ka kunai belaka preranaka srot ra ahile ka gaddar bhayechhan bhanne pani bujhinchha. Ti daka hun tara tapai ta mahadakako puchchhar. uniharu le ta kansekam kahile kahi ta kehi banaune kura gare- pancheshwar, mahakali, ityadi. mahadaka harule ta jahile pani bigarne ra baneko wa banaune chizko birodh bahek kehi garenan.Khemle tyasta ko pani ta birodh gareko chha ni usko lekhma. tyo padhna chhutayeko kina?
Tharu ko land bhanera kehi pani bikash ka kaam sudur paschim ma aauna nadiyera tharu lai andhkar mai rakhne? tinko tauko ma rajniti matrai garne ? pahad ma pani kehi bikas huna nadiyera basai sarai garai rahane ra tharu lai alpamat ma pari rahane? tyasto mahadaka kura sikaune guruharulai tatkaal lakhetera ranro kura garna siknu parchha.
Yasari sampradayik kura jhikera tyasko aago ma haat sekaune harulai khem bhandari jasta dherai milera nangejhar parna dhila bhai sakyo.
sudur pashim ma sampradayikta failaune harulai guru thapera hidera kasaiko niji hit ta hola tara yasto ulto mati rakhne distrikon bhaka harulai mahakali ra karnali katauna tyati garo chhaina.
Shivaraj Timilsina, Doti,
Now : Dhangadhi
August 25th, 2009 at 12:07 pm
dhami ra chaudhary le kina yesari nango bhayera ris pokheka holan. bhandary jo jasto bhaye pani kura ko euta pato ma lekhiyeko 6. bhandari ko tark ko birodh hunu parthyo. charitra ma prasna gare pachi ta personal ego nai rahe6 bhanne bujhin6. blame lauda aafu nangiyeko pani hos garnu par6. bichar lai bichar le haraune ho. ki hoina?
August 26th, 2009 at 4:45 am
Dear Ram Bhatta,
We are unable to upload your comment due to the use of inappropriate words for public digestion. If you continue such, we will be forced to block your ip address.
-HN
August 26th, 2009 at 10:59 am
Dear Mahasaya, kahi tapai pani khem jastai Indian government ko manchhe ta haina ? natra…ok you can block my id
August 26th, 2009 at 12:19 pm
write has wrote this article with adoor dristi. this poor writer has neither authentic data nor clear vision regarding the pancheshwar and wseti. rahar garechha bara. khair rahar ho ki kasaiko kahar le ashirbadlai thamna stuti gayeko ho.
August 27th, 2009 at 4:28 am
… urf radha devi khadayat jindabad !!!
August 27th, 2009 at 4:30 am
aba kathit radha devi ra hem raj panta (newly appointed west seti worker) le garne bhaye pashim seti ma chamatkar
August 28th, 2009 at 5:26 am
yo khem bhandari RAW ko agent ho, jun kuram ma sankanai chhaina. jun kura bistarai pramanit hudai janechha. dipak p bhatta pachhi yo doshro indian agent ho kanchanpur ko.
August 28th, 2009 at 5:50 am
आफ्नो पहिचान र स्रोतसाधन रक्षाका निमित्त अहिलेको युगमा कसैले कसैलाई सिकाउनुपर्दैन । नेपालको सबैभन्दा प्राचिन थारु आदिवासीलाई आफ्नो हकअधिकारबारे लड्न र पहिचान कायम राख्न न कुनै गुरुको खाँचो छ न त कुनै माइकालालले भने झै हामीले कसैलाई गुरुनै थापेको छ । आज थरुहटमा मधेसीका नाममा भइरहेको भारतीयहरुको अतिक्रमण र बसाइँ सराइसहित आन्तरिक बसाइ सर्राईले अल्पसंख्यक बन्न पुगेको थारु समुदायलाई आफ्नो पहिचान रक्षाका लागि न कुनै विदेशी एनजीओको खाचो छ न त गुरुको नै । थारु आदिवासीको हितका लागि लड्दै आएको थारु कल्णाणकारिणी सभा -जुन विस २००४ सालमा स्थापित भएको थियो) नै काफी छ ।
जहाँसम्म कैलालीकन्चनपुरका हामी थारुहरुको स्वाभिमान, पहिचान र आफ्नो सम्पदामाथिको आत्मनिर्ण्र्ााको सवाल छ यसमा कसैले हामीलाई नसिकाए हुन्छ । आज ३०/४० हजारको संख्यामा पश्चिम सेती र १ लाखको हाराहारीमा पंचेश्वरका विस्थापितहरु तर्राईमा सारेर हामीलाई पुन बाहुन क्षेत्रीकै हलिया र कमैया बनाउने र हाम्रो जमीनमाथिको भूस्वामित्व पुनः विकासका नाममा बाहुन क्षेत्रीकै हातमा पार्ने षडयन्त्रका विरुद्ध त थारुहरुले लडाइनै लडनु पर्नेछ । त्यसैले हामी थारु ्समुदाय हाम्रो स्वीकृति बेगर न पश्चिम सेतीका विस्थापित न त पंचेश्वर या सप्तकोशीका विस्थापित कसैलाई पनि कुनै हालतमा हाम्रो भूमिमा प्रवेश दिने छैनौँ । यदि यसमा जवजस्ती भए सम्पर्ूण्ा थारु समुदायले यसको प्रतिकार गर्नेछ, जुन कुरालाई सबैले गम्भीररुपमा लिए राम्रो होला । यदि खेमभण्डारीजस्ता पात्रहरु विदेशी कम्पनीका पैसा खाएर हाम्रै भूमिमा आइबसेर हाम्रो पहिचानमाथि कथित विकासका नाममा पुनः फोहोरी खेल खेल्न छोड्दैनन भने हामीले त्यसको पनि प्रतिकार गर्नुपर्ने हुन्छ । आज यिनै बाहुन क्षेत्रीले कमैया बनाएका हाम्रा लाखौँ कमैयाहरु विना घरबार त्यसै छन् यस स्थितिमा पश्चिम सेती,पंचेश्वर, चिसापानी विस्थापितलाई तर्राईमा पुनर्वास गराउने भन्ने कुरामा थारु समुदायको एक रतिपनि सहमति छैन । यदि जबर्जस्ती भए त्यसको प्रतिकार त्यही किसिमले हुनेछ ।
स्मेकका मतियारहरुले जे बोलेपनि, जुन सुकै नामबाट हामी थारु समुदायलाई अपहेलित हुने भाषा प्रयोग गरेपनि हाम्रो सहमति विना तर्राईमा कसैले केही नाप्नै सक्नेछैनन । यदि खुला लडाइ लड्ने हो भने खुलेर आउन समेत चेतावनी दिन्छौँ ।
खुसीराम चौधरी
टिकापुर
August 28th, 2009 at 6:56 am
tharus have to remove west seti information office from kailali and kanchanpur, its against of tharu people. ani smek ka lekhi khane dalal lai pani tegan lagaunu parchha