Kathmandu, January 11: Transportation was obstructed at Naxal, Ratna Park, Bagh Bazaar, New Baneshwor, Dillibazaar, Maitidevi and other areas. Likewise, transportation was affected at Lainchowr after students demonstrated in front of Saraswoti Campus and Amrit Science Campus.
Meanwhile, Siraha chapter of the Nepal Students’ Union padlocked the Nepal Electricity Authority office in the district for two hours as part of its protest against the increasing load-shedding hours.

January 12th, 2009 at 5:52 am
लोडसेडिङका कारण
विद्युत् आपूर्तिको यो संकटको पछाडि माओवादीको दसवर्षे विध्वंशकारी क्रियाकलाप तथा नेपाली कांग्रेसको अकर्मण्य र कमिसनमुखी प्रवृत्ति प्रमुख कारणका रूपमा रहेका छन् । माओवादीले द्वन्द्वकालमा पानीका मुहान र पाइप, टेलिफोन टावर, बिजुलीका ट्रान्स्र्फमर र ट्रान्स्मिसन लाइन, सडक, पुल, गाविस भवन, प्रहरीचौकी ध्वंस गरे । ऋण काढेर दशकौंको समय लगाएर निर्माण गरिएका यस्ता जनहित र सुविधाका भौतिक संरचना भत्काइए । अहिले उनीहरूलाई महसुस भइरहेको होला, यस्ता संरचना निर्माण गर्न कति कठिन हुँदोरहेछ । त्यस अवधिमा कुनै ठूला पूर्वाधार निर्माणका आयोजना कार्यान्वयन गर्ने कल्पनाबाहिरको कुरा बनाइयो । सुरु गरिएको मध्यमस्र्याङ्दी आयोजनाको कार्यान्वयनमा पटक-पटक अवरोध खडा गरियो ।
त्यही भएर त्यो आयोजना सम्पन्न गर्न निर्धारितभन्दा दोब्बर बढी समय लाग्यो । त्यही स्थितिको मौका छोपेर कमिसनखोरहरूले पनि आयोजनाको लागत बढाउँदै लगेर सुरुको अनुमानभन्दा दोब्बर पुर्याए । त्यसबाट राज्यमाथि थपिएको ऋणभारको अब को जिम्मेवार हुने ? समयमा त्यो आयोजना सम्पन्न हुन सकेको भए त्यसपछि अर्को आयोजनाको निर्माण सुरु हुन्थ्यो कि, लोडसेडिङको समस्या आउँदैनथ्यो कि ?
नेपाली कांग्रेसको अकर्मण्य र कमिसनमुखी दुष्प्रवृत्ति पनि यो समस्या सिर्जना हुनमा कम जिम्मेवार छैन । ०४७ पछि बीच-बीचमा केही महिनाबाहेक निरन्तर सरकारको नेतृत्व गर्ने अवसर पाएको कांग्रेस मुलुकको अर्थतन्त्र र जनताको अवस्थाप्रति अलिकति पनि संवेदनशील भइदिएको भए, देशको प्रगतिको पक्षमा निस्वार्थ रूपमा सक्रियतापूर्वक काम गरिदिएको भए नेपालको अवस्था आज कहाँ पुगिसक्थ्यो ? ऊ आफू डुब्न र मुलुकलाई डुबाउन तयार भयो, तर आफ्नो स्वार्थ र दुष्प्रवृत्ति त्याग्न तयार भएन । विश्व बैंकको नेतृत्व परिवर्तनसँगै उसले जलविद्युत्को क्षेत्रमा लगानी नगर्ने नीति लिएको कारण एमालेको तत्कालीन सरकारले भगिरथ प्रयत्न गर्दा पनि अरुण तेस्रोमा लगानी गर्न ऊ सहमत नभएको तथ्य जगजाहेर छ । र, पनि कांग्रेसले अहिलेसम्म पनि आफ्ना सयौं कमजोरी ढाकछोप गर्न अरुण तेस्रोको राग अलाप्न छाडेको छैन । आफू सरकारमा हुँदा उसले आफ्नो चित्त प्रसन्न हुनेगरी कमिसन नपाए वैदेशिक लगानीकर्तालाई रित्तै फर्काउने गरेको तथ्य विदितै छ । यी सबै कुराको परिणाम अहिले मुलुकले भोग्दै छ ।
नेपालमा लामो समयसम्म कायम रहेको चरम राजनीतिक अस्थिरतालाई लोडसेडिङको प्रमुख कारण मान्नुपर्छ भने निजी स्वार्थभन्दा माथि उठ्न नसकेको राजनीतिक नेतृत्वलाई दोस्रो कारण मान्नुपर्छ । सम्भवतः यही राजनीतिक अस्थिरताले नै राजनीतिक नेतृत्वलाई पनि स्वार्थी र अल्पदृष्टिको बनाएको हुन सक्छ ।
डा. गोविन्दबहादुर थापा