Category » Hydropower, Latest news

पश्चिम सेती जलविद्युत आयोजनाका लागि अधिकृत छनोट सम्पन्न

Posted on 22 January 2009 by editor

काठमाण्डौं, माघ ९ - सुदूरपश्चिममा प्रस्तावित मुलुकको सबैभन्दा ठूलो ७५० मेगावाट क्षमता भएको जलाशययुक्त पश्चिम सेती जलविद्युत आयोजनाका लागि सञ्चार तथा परामर्श अधिकृतको छनोट प्रकृया पूरा भएको छ ।

विभिन्न परीक्षाका माध्यमबाट १० जना सञ्चार तथा परामर्श्र्ााधिकृत र ५ जना वैकल्पिक उम्मेदवारहरूको छनोट गरिएको छनोट कार्यमा संलग्न स्वतन्त्र व्यावसायिक संस्था रियल सोलुसन्स् प्रा.लि. ले हिजो जानकारी दिएको छ । सो संस्थाले २०६५ श्रावणमा गरिएको दरखास्त आव्हान र त्यसयता स्थानीय समुदायका प्रतिनिधि र आयोजनाका प्रतिनिधिहरूसमेतको पर्यवेक्षणमा सम्पन्न भएका परीक्षाका माध्यमबाट ती अधिकृतहरूको छनोट गरेको हो ।

आयोजना प्रभावित बासिन्दालाई रोजगारीमा प्राथमिकता दिएर छनोट गरिएका सम्पर्ूण्ा उम्मेदवार प्रभावित क्षेत्रकै भएको जानकारी पनि दिइएको छ । सफल उम्मेदवारमध्ये दर्ुइ जना महिला रहेको पनि सूचनामा जनाइएको छ ।

सफल उम्मेदवारहरूमा पुष्करबहादुर सिंह, विक्रम भण्डारी, नारायणबहादुर बलायर, दीपेन्द्र साउद र वीरबहादुर महरा रहेका छन् । यसै गरी गणेशबहादुर बिष्ट, भिषमबहादुर बलायर, इन्द्रमणि अवस्थीका साथै कमलाकुमारी भण्डारी र मायाकुमारी भट्ट पनि पश्चिम सेती जलविद्युत आयोजनाको सञ्चार तथा परामर्श अधिकृतको लागि लिइएको परीक्षामा उत्तर्ीण्ा भएका छन् ।

परीक्षाबाट वैकल्पिक उम्मेदवारका रुपमा छानिएकाहरूमा खडकबहादुर सिंह, दर्ीघराज जोशी, अक्कलबहादुर रोकाया, हरिसिंह साउद र शङ्कर दमाईं रहेका छन् । छनोट भएका उम्मेदवारहरूलाई २०६५ माघ १२ गतेभित्र रियल सोलुसन्स् प्रा.लि.मा सर्म्पर्क गर्न सो संस्थाले आव्हान गरेको छ । सो अवधिभित्र सर्म्पर्क नगरेमा वैकल्पिक उम्मेदवारहरूलाई क्रमानुसार अवसर दिइने पनि रियल सोलुसन्स्ले जनाएको छ ।

आयोजनाको तत्कालीन आवश्कताअनुसार ७ जना सञ्चार तथा परामर्श अधिकृतको लागि आवेदन आव्हान गरिएको थियो ।

स्थानीय परामर्श एवम् छलफल कार्यक्रमहरूपछि आयोजनाका सूचना प्रवाह र परामर्शका गतिविधिहरूलाई अझै प्रभावकारी बनाउनका लागि थप अधिकृत आवश्यक परेको जानकारी वेष्ट सेती हाइड्रो लिमिटेडले गराएबमोजिम कूल १० जना उम्मेदवारहरूलाई छनोट गरिएको रियल सोलुसन्स्ले जनाएको छ । सोही परीक्षाबाट प्राप्त परिणामका आधारमा १० जनालाई छनोट गर्न सकिएकोमा रियल सोलुसन्स्ले खुसी पनि प्रकट गरेको छ ।

1 Comments

  1. Neha Khusbu Says:

    Good to read the fair recruitment and Selection process of Hydro power industry. I personnaly encourage such fairness. In my opinion also, people from west side of Nepal should be given top priority for employment in Nepal. Congratulations to all who got selected.
    Cheers !!

Leave a Reply

Photo Feature

Guest Column

    Mahakali Treaty outcome of economic nationalism

    By Hari Bansh Jha

     It was on 12 February 1996 that the the Nepalese Prime Minister Sher Bahadur Deuba and the then Indian Prime Minister P.V. Narsimha Rao signed an agreement on the integrated development of the Mahakali river in Delhi. The Pancheshwor Project under the Treaty was expected to produce 6,000 MW of hydro-power with the investment cost [...]

    Details

Interview

    No alternative to power purchase from India : Mahat

    The meeting of the Joint Commission on Water Resources is scheduled for the first week of November and is to be followed soon after by ministerial-level talks that will take up all issues relating to the setting up of the Pancheshwar Development Authority and reach a conclusion. We have informally agreed to locate PDA headquarters in Nepal

    Details

Opinoin Tank

    Pain of Losing West Seti

    By Sudheer Raj Sharma Dhakal

    The well-versed 750 MW West Seti Hydroelectric Project (WSHP) is once again capturing major energy headlines in both the print and electronic media of Nepal. Looked as a porthole for the development of the Far Western Development Region (FWDR) that has received the least development privilege, this project has been lingering for more than a [...]

    Details

Polls

  • चीन र नेपालकका यूवाहरु एक अर्काका देशमा भ्रमण गर्न पाउने सम्झौता तपाईलाई कस्तो लाग्यो ?

    View Results

    Loading ... Loading ...
Polls Archive