काठमाडौं -फागुन २) । स्वतन्त्र रेडियो र मिडियाहरुले भोग्नुपरेको ऊर्जा सङ्कट समाधान गर्न सरकारले वैकल्पिक उर्जाको प्रयोग गर्ने विकल्प अघि सारेको छ ।
सञ्चालनमा आएका रेडिया,े टेलिभिजन र ‘क’ वर्गमा परेका पत्रिकाहरुले बैकल्पिक ऊर्जा प्रयोग गर्ने प्रस्ताव गरेमा सरकारले दर्ुगम क्षेत्रलाई दिंदैआए सरहको एक मुष्ठ अनुदान र सुबिधा दिने निर्ण्र्ाागरेको हो ।
म्ााघ २६ गते मन्त्रीस्तरको निर्ण्र्ााे यस्तो बिकल्प अघि सारेको जानकारी दिंदै सूचना तथा सञ्चार मन्त्रालयले आज ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल -बान) लाई पत्र मार्फ जानकारी गराएको छ ।
बानले प्रेस बिज्ञप्ति निकालेर स्वतन्त्र मिडियाहरुले भोग्नुपरेको समस्या बोध गरेर सकारात्मक कदम चालेकोमा सरकारलाई धन्यवाद दिएको छ । बानले सरकारले अघि सारेको बिकल्पको सदुपयोग गर्दै तत्काल बैकल्पिक ऊर्जा प्लान्ट निर्माण गर्न सरकारसमक्ष प्रस्ताव पेश गर्न स्वतन्त्र रेडियोहरुलाई आब्हानसमेत गरेको छ ।
बानका नवनिर्वाचित अध्यक्ष विष्णुहरि ढकालले बैकल्पिक ऊर्जा प्लान्ट निर्माण गर्न समय लाग्ने बताउँदै त्यस्तो प्लान्ठ नबनेसम्मको लागि वतन्त्र रेडियोहरुले प्रयोग गर्ने इन्धनमा अनुदान दिन र स्वतन्त्र रेडियोहरुसँग वार्तागरी अन्य समस्याहरु सम्वोधन गर्न विज्ञप्तिमार्फ सरकारसँग माग गर्नुभएको छ ।
ऊर्जा सङ्कटको कारण स्वतन्त्र रेडियोहरु वन्द हुने क्रम त्रि्र भएको छ । हिजो मात्रै धवलागिरी अञ्चलमा सञ्चालित तीन वटा स्वतन्त्र रेडियोहरुले दिनको ३ घण्टाका दरले प्रसारण कटौति गरेका छन् । लुम्विनी अञ्चलका रेडियोहरुले लोडसेडिङको मार खप्न नसकेर प्रसारण समय कटौति गरेर सुरु गरेको आन्दोलन अहिले देशभरि फैलिएको दावी बानले गरेको छ ।
स्वतन्त्र रेडियोहरु वन्द हुन थालेपछि ती रेडियोबाट सूचना लिने स्थानिय नागरिकहरु सूचनावाट बञ्चित बन्नु परेको जनाइएको छ ।
ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल, सामुदायिक रेडियो प्रसारक सङ्घ र काठमाडौं उपत्यका एफएम प्रसारक मञ्चले गएको पौष २३ गते सरकारलाई दिएको ज्ञापन पत्रमा लोडसेडिङले उत्पन्न गरेको समस्या समाधान गर्न बैकल्पीक ऊर्जा प्लान्ट निर्माणको निम्ति अनुदान दिन माग गरिएको थियो ।
