मध्यमर्स्याङ्दी परियोजनाको छानबिनका लागि सोमबार परियोजना स्थलमा संसदीय र्सार्वजनिक लेखा समितिको एक टोली आउने कार्यक्रम निर्धारण गरिए पनि उपत्यका बन्दका कारण उनीहरू आउन सकेनन्।
समितिका संयोजक डा. प्रकाशचन्द्र लोहनीसहित समितिको ९ सदस्यीय टोली परियोजनाको स्थलगत छानबिनका लागि सोमबार आउने कार्यक्रम एक साताअगावै निर्धारण गरिएको थियो। टोलीमा संयोजक लोहनीसहित सभासद्हरू टेकबहादुर बस्नेत, रवीन्द्र अधिकारी, अजयकुमार चौरसिया, शिवनारायण उराव, अनील झा, प्रेमबहादुर सिंह, गंगा पराजुली र कमला पन्त आउने कार्यक्रम तय गरिएको थियो।
माओवादीले गरेको उपत्यका बन्दले टोली आउन नसकेको परियोजना प्रमुख सुनिलकुमार ढुंगेलले बताउनुभयो। निर्माणकार्य शुरू भएलगतै चर्चा र विवादको घेरामा रहेको मध्यमर्स्याङ्दी जलविद्युत् परियोजना निर्माण सकिएको लगतै गत माघ महिनाबाट र्सार्वजनिक लेखासमितिले छानबिन गर्दै आएको छ।
