पञ्चेश्वर दुर्भाग्यपूर्णः शर्मा

Posted on 25 August 2009 by editor

टाइम्स संवाददाता

काठमाडौं, साउन ३२ । एकीकृत नेकपा माओवादीका प्रवत्ता दिनानाथ शर्माले पञ्चेश्वर परियोजना सम्पूर्ण मुलुकका लागि दुर्भाग्यपूर्ण हुने भएकाले यसलाई अघि बढाउन नहुने बताएका छन् । प्रधानमन्त्री माधवकुमार नेपालको आसन्न भारतभ्रमणका क्रममा परियोजना सञ्चालनबारे भारतसँग सहमति हुने बताइएको भए पनि वर्तमान सरकारले त्यसबारे निर्णय गर्न नहुने जिकिर उनले गरे ।

रिपोर्ट्स क्लबले राजधानीमा आइतबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले सो कुरा बताएका हुन् । पञ्चेश्वरमा गर्न लागिएको सहमतिले देशको हित नगर्न दाबी गर्दै उनले यसतर्फ सरकारले सहमति गर्न लागेको विषयले अनेक आशंकाहरू निम्त्याएको धारणा राखे । भारतको आशीर्वादबाट वर्तमान सरकार गठन भएकाले पञ्चेश्वरप्रति सरकारले यस्तो आशंकापूर्ण कार्य गर्न गइरहेको जनाउँदै उनले भने, ‘पञ्चेश्वर अगाडि बढाउने सहमति भए यो देशका लागि सबैभदा ठूलो दुर्भाग्य हुनेछ ।’ dinanath-sharma

प्रवक्ता शर्माले महत्त्वपूर्ण सन्धि सम्झौता गर्न सदनको दुई तिहाई मत आवश्यक पर्ने बताउँदै भने, ‘दुई तिहाई पुर्‍याउन नसक्ने कठपुतली सरकारले सन्धि सम्झौता गर्न सक्दैन ।’ पञ्चेश्वर परियोजनाबाट देशलाई कति लाभ हुन्छ भन्ने प्रमुख प्रतिपक्षीले जानकारी पाउनुपर्ने मागसमेत गरे ।

नेपाली श्रोतमाथि जनताको हक हतियार कुण्ठित पारेर पञ्चेश्वरजस्ता परियोजना सञ्चालनमा सहमति जनाएर सरकारले भावी पुस्ताको भविष्यलाई अन्धकारमय बनाउन खोजेको आरोप लगाए । माओवादी नेतृत्वको सरकारका पालामा समेत राष्ट्रघाती ठहराइएको नौमुरे परियोजनाबारे सोधिएको प्रश्नमा उनले भने देशलाई घाटा हुने काम आफूहरूले नगरेको दाबी गरे ।

संविधान लेख्नुपर्ने बेलामा सन्धि सम्झौता गरेर अन्यत्र ध्यान अन्तै मोड्न खोजिएको आरोपसमेत उनले लगाए ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले एकीकृत नेकपा माओवादीले पञ्चेश्वर परियोजनाको विरोध गर्नको कुनै अर्थ नभएको बताए । देशलाई लाभ हुने महत्त्वपूर्ण सन्धि सम्झौताको विरोध गर्ने परिपाटी बसिसकेकाले माओवादीले विरोधलाई स्वाभाविक भएको जिकिर उनले गरे । पञ्चेश्वर परियोजना अगाडि बढे सम्पूर्ण मुलुकलाई फाइदा हुने बताउँदै पूर्व जलस्रोतमन्त्रीसमेत रहेका राणाले भने, ‘देशलाई फाइदा पुग्ने सन्धि सम्झौताको पनि विरोध गर्नु फेसन भइसकेको छ ।’

प्रधानमन्त्रीको आसन्न भारत भ्रमणबाट पञ्चेश्वरको डीपीआर अगाडि बढाउन सहमति हुनुपर्नेमा जोड दिँदै उनले भुटानले जलविद्युतबाट हासिल गरेको प्रगतिबाट नेपालले सिक्नुपर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले पञ्चेश्वर परियोजनाको विरोध गर्नुभन्दा यसबाट देशलाई कसरी अधिकतम फाइदा दिलाउन सकिन्छ भन्नेबारे गृहकार्य गर्नुपर्ने बताए । प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा आफ्नो कुरा बलियो रूपमा राख्न राष्ट्रिय सहमति बनाउनुपर्ने उल्लेख उनले भने, ‘डराएर सहमति सम्झौता गर्नु हुँदैन, प्रधानमन्त्रीलाई बलियो बनाउने दायित्व सबैको हो ।’ भारतसँगको व्यापार घाटा बढेर १ खर्ब ६ अर्ब पुगेकोले घाटा कम गर्न प्रयास हुनुपर्नेमा ध्यान जानुपर्ने उनले बताए । नेकपा मालेका महासचिव सीपी मैनालीले समेत पञ्चेश्वर परियोजना डीपीआर बनाउन जोड दिनुपर्ने बताए । नेपाललाई अत्यधिक फाइदा हुने गरी प्रधानमन्त्रीको भारत भ्रमणमा यससम्बन्धी छलफल अघि बढाउनुपर्ने बताउँदै उनले भने, ‘नेपालको अधिकतम हितमा ध्यान दिई सहमति गर्नुपर्छ ।’

Source: Himalayatimes.com.np

2 Comments

  1. Santosh, Dhapasi Says:

    pashim seti, upper karnali ra arun 3 bidheshi lai bujhaune kam timrai sarkarka pala bho comrade. teti matra hoina pancheshwar aghi badaune ninarya pani timrai party ka neta prachanda pm huda bharat sanga sahamati garer aye ra pancheshwar pradhikaran gathan bho lucknow ma. ahile k pancheshwar hamro hitma chaina bhaneko. sakchau bhane pashim seti, upper karnali arun 3 dekhi mahakali, koshi gandak sabai sandhi samjhauta ka biruddha rastriya jehat chedan ta ho herau hami pani. saba ko bhara bhakti dekhi sakiyo ! lagdain yo desh ubho. satta ma huda bujhaune ani bahirida hit ma chhaina bhanne, its double standard.

  2. Shamvu, Bhimduttanagar Says:

    I am totally disagree with Mr Santosh. UCPN Maoist have was against the antinational mahakali, koshi, gandak, west seti, upper karnali and arun3 as well. UCPN Maoist Seti-Mahakali Committee already launched the anti national west seti and pancheshar movement. plz have a read today’s nagarik daily

    माओवादीले पश्चिमसेती परियोजना लागु हुन नदिने

    दिलबहादुर छत्याल, धनगढी, भदौ १६- एकिकृत नेकपा माओवादी सेती महाकाली राज्य संगठन समितीले पश्चिम सेती परियोजना देशको हित विपरित भएकोले अहिलेकै सम्झौता बमोजिम संचालन गर्न नदिने निर्णय गरेको छ। पाँच दिनसम्म चलेको राज्यसमिती बैठकले केन्द्रीय नेतृत्वलाई सेती-महाकालीलाई टाढाको ब्यवहार नगर्न सुझाव दिने निर्णय पनि गरेको छ।

    लगानी मुनाफा उपभोग र स्वामित्व पनि बिदेशीको हुने गरि पश्चिमसेती परियोजना संचलान गरेर नेपालीहरुलाई ठग्न खोजिएकोले बिरोध गने निर्णय गरेको माओवादीका सेती महाकाली राज्य समितीका सचिव खगराज भट्टले बताए।

    ‘लगानीको सुरक्षा मुनफाको ग्यारेन्टी सरकारले गर्नुपर्छ । परियोजना संचालन पछि उपभोग र स्वामित्व नेपालको हुनुपर्छ । तव मात्र पश्चिमसेती परियोजना देश र जनतको हितमा हुन्छ’- उनले भने- ‘उत्पादित भएको बिजुली पहिले नेपालमा बितरण गरेर बाँकी रहेको मात्र बेच्नुपर्छ। पानी र बिजुलीमा नेपालीको नियन्त्रण हुनुपर्छ।’

    पश्चिमसेती संचालनका लागी सरकारसँग भएको सम्झौता पुरै बिदेशीको स्वार्थमा र नेपाली हितविपरित भएको माओवादी निष्कर्ष छ। एडीबी टिम आएकोवेला बिभिन्न ठाउँमा भएको बिरोध, सुचनाकेन्द्रमा भएको आगजनी, पश्चिम सेती परियोजना अहिलेकै अवस्थामा लागु हुन नदिनका लागी गरिएको उनको भनाई थियो।

    देश र जनताको हितमा भएमात्र परियोजना संचालन गर्नदिने उनले बताए। भारतको नेपालका जलश्रोत रहेको नदीनलामा ३ वटा स्पष्ट स्वार्थ राखेर सम्झौता गर्ने गरेको सचिव भट्टले आरोप लगाए।

    ‘एउटा नेपालको जलश्रोतको अपभोग गरि उर्जा संकट टार्ने अर्को बर्खामा बढी भएको पानी हाईड्याममा रोकेर बाढीवाट आफ्नो भुभागको सुरक्षा गर्ने र तेश्रो बढी फ्लो हुने पानीबाट सुख्खायाममा सिचाई गर्ने भारतका तिनवटा स्वार्थ रहेका छन’, उनले भने- ‘यो परियोजना पनि भारतको स्वार्थ बमोजिम बन्न लागेको छ।’

    भदौ १० देखि १४ गतेसम्म चलेको माओवादीको सेती महाकाली राज्यसमितीको बैठकमा माओवादीको हेडक्वाटरले सेती महाकालीलाई समान ब्यवहार नगरेको भनेर पनि छलफल चलेको थियो।

    माओवादीले बाबुराम भट्टराईको संयोजकत्वमा हालै गठन गरेको संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समितीमा सेती महाकालीवाट समान प्रतिनिधत्व नभएकोमा कुरा छलफलमा उठेको थियो।

    बैठकमा नेतृत्व सुबिधाभोगी बन्दै गएको वारेमा पनि ब्यापक छलफल भएको बताइएको छ। पार्टीभित्र बैचारिक राजनीतिक सांगठनिक संघर्ष र आर्थीक विश्लेषणलाई ब्यवस्थित रुपमा हल गर्न तीन महिने ‘एकिकृत अग्रगामी रुपान्तरण तथा बृहत जनपरिचालन अभियान’ संचालन गर्ने निर्णय गरेको पनि उनले जनाए।

    http://nagariknews.com/economy/consumer/4622-2009-09-02-04-04-40.html Nagarik Daily, 2066-05-17 (2 September 009)

Leave a Reply

Photo Feature

Guest Column

    Mahakali Treaty outcome of economic nationalism

    By Hari Bansh Jha

     It was on 12 February 1996 that the the Nepalese Prime Minister Sher Bahadur Deuba and the then Indian Prime Minister P.V. Narsimha Rao signed an agreement on the integrated development of the Mahakali river in Delhi. The Pancheshwor Project under the Treaty was expected to produce 6,000 MW of hydro-power with the investment cost [...]

    Details

Interview

    No alternative to power purchase from India : Mahat

    The meeting of the Joint Commission on Water Resources is scheduled for the first week of November and is to be followed soon after by ministerial-level talks that will take up all issues relating to the setting up of the Pancheshwar Development Authority and reach a conclusion. We have informally agreed to locate PDA headquarters in Nepal

    Details

Opinoin Tank

    Pain of Losing West Seti

    By Sudheer Raj Sharma Dhakal

    The well-versed 750 MW West Seti Hydroelectric Project (WSHP) is once again capturing major energy headlines in both the print and electronic media of Nepal. Looked as a porthole for the development of the Far Western Development Region (FWDR) that has received the least development privilege, this project has been lingering for more than a [...]

    Details

Polls

  • चीन र नेपालकका यूवाहरु एक अर्काका देशमा भ्रमण गर्न पाउने सम्झौता तपाईलाई कस्तो लाग्यो ?

    View Results

    Loading ... Loading ...
Polls Archive