सोमबारदेखिको अविरल बर्षाका कारण पहिरोमा परेर बुधबार १७ जनाको मृत्यु भएको छ। बाढीपहिरोमा परेर दाङ, रुकुम, अछाम र बर्दियामा ९ जना बेपत्ता छन् भने सयौं सर्वसाधारण विस्थापित भएका छन्। यो सँगै पहिरोमा मृत्यु हुनेको संख्या अछाममा २०, बझाङमा ७, डोटीमा २, डडेल्धुरामा १२, बैतडीमा १ सहित ४२ पुगेको छ।
पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिमका अधिकांश क्षेत्रमा यातायात र हवाई सेवा पनि अवरुद्ध छ। मनाङ र लमजुङबीच सम्पर्कविच्छेद भएको छ।पर्वत थापाठाना-५ मा बुधबार बिहान छ बजे पहिरोमा परेर एकै परिवारका चार जना, पाल्पामा पहिरोमा परेर गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु र ४७ जना घाइते भएका छन्
नागरिक/ काठमाडौं, असोज २२
