पश्चिम सेतीमा थप चिनियाँ लगानीको समझदारी

Posted on 01 January 2010 by editor

काठमाडौं, २०६६ पुस १४ ­ नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा विकास गर्न लागिएको ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजनामा चिनियाँ सरकारी कम्पनी चाइना नेशनल मेसिनरी एण्ड इक्विप्मेन्ट इम्पोर्ट एण्ड एक्सपोर्टर्र्कर्पोरेशन -सिमेक) ले ५१ प्रतिशत सेयर लगानी  भएको छ ।

सिमेक र वेष्ट सेती हाइड्रो -प्रा.) लि. बीचमा भएको समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएपछि सहभागीहरूसँग बेइजिङस्थित नेपाली राजदुतावासमा प्रधानमन्त्री माधवकुमार नेपालका साथमा चिनियाँ तथा नेपाली अधिकारीहरू ।

सिमेक र वेष्ट सेती हाइड्रो -प्रा.) लि. बीचमा भएको समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएपछि सहभागीहरूसँग बेइजिङस्थित नेपाली राजदुतावासमा प्रधानमन्त्री माधवकुमार नेपालका साथमा चिनियाँ तथा नेपाली अधिकारीहरू ।

पश्चिम सेतीमा सिमेकले थप लगानी गर्ने सहमति पत्रमा हिजो सोमवार राती हस्ताक्षर भएको छ । समझदारी पत्रमा सिमेकका तर्फाट अध्यक्ष जिया झक्ियाङ र वेष्ट सेती हाइड्रो -प्रा.) लिमिटेडका तर्फाट निर्देशक हिमालयबहादुर पाँडेले चीनको राजधानी बेइजिङमा हस्ताक्षर गर्नुभएको छ ।

चीनको राजधानी बेइजिङस्थित नेपाली राजदूतावासमा चीन भ्रमणमा रहेका प्रधानमन्त्री माधवकुमार नेपाल, र्ऊजामन्त्री डा. प्रकाशशरण महत, अर्थमन्त्री सुरेन्द्र पाण्डेलगायत नेपाली टोलीको उपस्थितिमा सिमेक र वेष्ट  सेती हाइड्रोका बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

पश्चिम सेती जलविद्युत आयोजनासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएपछि प्रधानमन्त्री नेपालले यसको स्वागत गर्नुभएको थियो । हस्ताक्षर भएलगत्तै काठमाडौंमा ‘कल कन्फरेन्स’ मार्फ पत्रकारहरुलाई जानकारी दिँदै निर्देशक पाँडेले समझदारीपछि आयोजना निर्माणका ढोकाहरू खुलेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो- अब परियोजना बन्ने विश्वास अत्यधिक बढेको छ ।

प्रधानमन्त्रीले पश्चिम सेती आयोजना कार्यान्वयनका लागि नेपाल सरकारले गर्नुपर्ने सहयोगका लागि सदा तत्पर रहेको जानकारीसमेत चिनियाँ पक्षलाई दिनुभएको थियो । “यो साह्रै राम्रो कुरा हो, नेपाल सरकार यो सझदारीको स्वागत गर्दछ,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै पाँडेले पत्रकारहरुलाई बताउनुभयो । “तपाईंहरुले जसरी भए पनि यो वर्षकाम शुरु गर्नोस् भनेर प्रधानमन्त्रीले भन्नुभएको पनि निर्देशक पाँडेले बताउनुभयो ।

उहाँका अनुसार, समझदारी पत्रमा हस्ताक्षर भएपछि सरकारले यो आयोजना निर्माणको अपेक्षा लिएको पनि प्रधानमन्त्री नेपालले उल्लेख गर्नुभयो । हिजै प्रधानमन्त्री नेपालले पनि नेपालमा जलविद्युत उत्पादनको क्षेत्रमा लगानी गर्नका लागि चिनियाँ लगानीकर्ताहरुलाई आहृवानसमेत गर्नुभयो । सिमेकले नेपालमा लगानीका लागि उचित वातावरण खोजेको जानकारी दिँदै पाँडेले त्यस्तो लगानीप्रतिको उत्साहलाई कदर गर्दै प्रधानमन्त्रीले पनि नेपालमा चिनियाँ लगानीलाई स्वागत गर्नुभएको बताउनुभयो ।

समझदारी पत्रमा हस्ताक्षर भएपछि प्रधानमन्त्रीले थप एक वर्षा लागि लाइसेन्स नवीकरण गर्ने आश्वासनसमेत निर्देशक पाँडेलगायत वेष्ट सेतीका अधिकारीहरुलाई दिनुभएको दिनुभएको थियो । पाँडेले भन्नुभयो- समझदारी पत्रमा थप एक वर्षा लागि लाइसेन्स नवीकरणको कुरा उल्लेख गरिएको छ, जुन प्रधानमन्त्रीले ‘हुन्छ’ भन्नुभएको छ ।

चीनको बहुमत लगानी हुने, नेपालमा जलविद्युुत उत्पादन गरिने, उत्पादित ९० प्रतिशत बिजुली भारत निकासी हुने पश्चिम सेती आयोजना निर्माण भएपछि सुदूर पश्चिम क्षेत्र मात्र नभएर समग्र नेपालको हित हुने र नेपालमा जलविद्युत उत्पादनको क्षेत्रमा थप चिनियाँ आर्कषित विश्वास पनि वेष्ट सेतीका निर्देशक पाँडेले व्यक्त गर्नुभयो ।

एक अर्ब ६० करोड अमेरिकी डलर लागत आग्ने पश्चिम सेती आयोजनामा यसअघि सिमेकको १५ प्रतिशत शेयर रहने समझदारी थियो । त्यसमा एसियाली विकास बैंक -एडीबी), भारतको इन्प|mास्ट्रक्चर लिजिङ् एण्ढ फाइनान्सियल र्सर्भिसेज -आइएल एन्ड एफएस) र नेपाल सरकारको पनि १५/१५ प्रतिशत, सुदूरपश्चिमका लगानीकर्ताहरुको चार प्रतिशतसहित नेपाली लगानर्ीकर्ताको १४ प्रतिशत तथा स्मेकको २६ प्रतिशत सेयर प्रस्ताव थियो ।

चिनियाँ कम्पनीले ५१ प्रतिशत लगानी गर्ने भएपछि वेस्ट सेती हाइड्रोका शेयरधनीको सेयर संरचना पनि परिवर्तन हुने भएको छ । यसबारेमा दर्ुइ महिनामा छिनोफानो हुने वेष्ट सेती हाइड्रोका निर्देशक हिमालयबहादुर पाँडेले जानकारी दिनुभयो । “सिमेक ठूलो प्रतिशतमा आएपछि अन्य संरचनामा पनि हेरफेर हुने छ”, सुदूरपश्चिमका बझाङ, बैतडी, डोटी र डडेल्धुराका साथै कैलाली र कञ्चनपुरमा समेत प्रभाव पार्ने यो आयोजनामा एडीबीलगायतका इच्छुक सबै लगानीकर्ताहरुप्रतिको स्वागत कायम रहेको जानकारी दिँदै उहाँले भन्नुभयो- अहिलेसम्मको पर््रवर्द्धक स्मेकको आड लिएर सिमेक अगाडि बढ्नेछ, सिमेकले आयोजनाको नेतृत्व लिने छ ।

Leave a Reply

Photo Feature

Guest Column

    Mahakali Treaty outcome of economic nationalism

    By Hari Bansh Jha

     It was on 12 February 1996 that the the Nepalese Prime Minister Sher Bahadur Deuba and the then Indian Prime Minister P.V. Narsimha Rao signed an agreement on the integrated development of the Mahakali river in Delhi. The Pancheshwor Project under the Treaty was expected to produce 6,000 MW of hydro-power with the investment cost [...]

    Details

Interview

    No alternative to power purchase from India : Mahat

    The meeting of the Joint Commission on Water Resources is scheduled for the first week of November and is to be followed soon after by ministerial-level talks that will take up all issues relating to the setting up of the Pancheshwar Development Authority and reach a conclusion. We have informally agreed to locate PDA headquarters in Nepal

    Details

Opinoin Tank

    Pain of Losing West Seti

    By Sudheer Raj Sharma Dhakal

    The well-versed 750 MW West Seti Hydroelectric Project (WSHP) is once again capturing major energy headlines in both the print and electronic media of Nepal. Looked as a porthole for the development of the Far Western Development Region (FWDR) that has received the least development privilege, this project has been lingering for more than a [...]

    Details

Polls

  • चीन र नेपालकका यूवाहरु एक अर्काका देशमा भ्रमण गर्न पाउने सम्झौता तपाईलाई कस्तो लाग्यो ?

    View Results

    Loading ... Loading ...
Polls Archive