(सुरेन्द्र सुवेदी) /बहुचर्चित अरूण- ३ जलविद्युत् आयोजना बनेमा समग्र मुलुकको आर्थिक विकासमा टेवा पुग्नेमा दुर्इमत छैन । ४ सय २ मेघावाटको यो आयोजना निर्माणले आर्थिक उन्नतिको ढोका खोल्ने प्रशस्त आधार छन् ।

नेपाल विद्युत् प्राधिकरण र भारतको सतलज जलविद्युत् निगमबीच साम्झीता भइसकेको अरूण-३
नेपाल विद्युत् प्राधिकरण र भारतको सतलज जलविद्युत् निगमबीच अरूण-३ बनाउने सम्झौता भइसकेको छ । सतलजले ३० महिने विस्तृत र्सभे पनि थालेको छ । तर त्यससंगै संखुवासभा, भोजपुर र छेउछाउका केही जिल्लाबाट यो आयोजना बन्न नदिन विरोधका आवाज पनि आउन थालेका छन् ।
व्यक्तिगत स्वार्थ, स्थानीयबासीलाई सेयर, रोजगारको ग्यारेन्टीजस्ता बहानामा विरोध गर्न थालिएको छ । गैससको राजनीति गर्ने केही समूहले अरूण-३ नेपालीले नै बनाउनुपर्ने माग गर्दै सरकारले ध्यान नदिए आयोजना निर्माण गर्न नदिनेसम्मका धम्की दिइरहेका छन् । पूर्वका लिम्बूवान र खम्बूवान संगठनहरूले पनि आयोजनापूर्व तिनको स्वीकृति लिनुपर्ने कुरा उठाएर अवरोध सुरु गरेका छन् ।
विद्युत् प्राधिकरणको पछिल्लो र्सभेको लागतअनुसार सन् २०१६ सम्ममा ४ सय करोड भारतीय रुपैयामा यो आयोजना पूरा हुने लक्ष्य राखिएको छ । भारतीय सतलज जलविद्युत् निगमका पदाधिकारी ५ पटक निर्माणस्थल पुगिसकेका छन् ।
उनीहरूले आयोजना प्रभावित क्षेत्र, सडक, स्थानीयबासीको चाहना आदिको अध्ययन थालेका छन् । स्थानीयबासीले आयोजना निर्माण गरि“दा रोजगारी र स्थानीय कच्चा पदार्थको बढीभन्दा बढी प्रयोग गर्न माग गरेका छन् । सतलजका पदाधिकारीले स्थानीयबासीको माग बढीभन्दा बढी पूरा गर्ने बताएका छन् ।
अरूण आयोजना निर्माण हुँदा करिब १० हजार नेपालीले प्रत्यक्ष-अप्रत्यक्ष रोजगारी पाउने छन् । बर्सेनि करिब १२ करोड रुपैया रोजगारमा आबद्ध नेपालीका हातमा पर्नेछ । योसंगै धनकुटाको हिलेदेखि आयोजना निर्माणस्थल संखुवासभाको नुमसम्म करिब एक सय किलोमिटर कालोपत्रे सडक बन्नेछ ।
आयोजना बनेपछि निर्माणस्थल रहेको संखुवासभा र भोजपुर जिल्लाका स्थानीय निकायले बर्सेनि बिजुलीको ‘रोयल्टी’ पाउनेछन् । ठूलो परिमाणमा रोयल्टी आउन थालेपछि स्थानीय क्षेत्रको विकास गर्न कसैको मुख ताक्नुपर्ने अवस्था आउने छैन ।
मकालु हिमाल आरोहण, मकालु बरूण राष्ट्रिय निकुञ्ज, विश्वको सबैभन्दा होचो अरूण उपत्यकाको जैविक विविधता अध्ययन गर्न आउने बाह्य र आन्तरिक पर्यटक सडक अभावले हवाईमार्ग हुँदै आउने गरेका छन् । हवाईमार्ग महंगो हुनाले पर्यटकहरूको संख्या बढ्न सकेको छैन । अरूण-३ निर्माण हुँदा बन्ने सडकले बाह्य र आन्तरिक पर्यटक पर्वकै जैविक विविधताको धनी संखुवासभा आउन तँछाडमछाड गर्नेछन् ।
पैदलमार्गको पदयात्रा सस्तो र आनन्ददायी मानिन्छ । यसले पनि संखुवासभा र भोजपुरमा आर्थिक कारोबार बढ्छ ।
आयोजनाबाट सरकारले उत्पादित बिजुलीको २१ दशमलब ९ प्रतिशत पाउने छ । यसले स्थानीयदेखि केन्द्रीयस्तरसम्म आर्थिक र सामाजिक लाभ मिल्ने देखिन्छ । यो अवस्थामा अरूण-३ को विरोध गर्नुभन्दा यसलाई सहज वातावरणमा पूरा गराउन सबैले साथ दिनुको विकल्प छैन । अहिले, भोलि या पर्सि जसरी पनि अरूण-३ बनाउनै पर्छ । देशको जर्जर आर्थिक अवस्थाले तत्काल यो बनाउन लाग्ने लागत आफैं जुटाउन सम्भव छैन । त्यस्तो परिस्थितिमा विदेशीको सहयोग लिनुको विकल्प देखिन्न ।