नेपाल समाचारपत्र, (सिन्धुपाल्चोक) बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको शुभारम्भ भएलगत्तै मेलम्चीस्थित फिल्ड कार्यालयमा लगाएको तालामाथि ताला हुँदै चारवटा ताला लागेको र खुलाउनेतर्फसमिति सकारात्मक नदेखिएको स्थानीयले आरोप लगाएका छन्।
प्रभावित क्षेत्रका बासिन्दाले साउन १९ गते लगाएको ताला खुल्न नपाउँदै एक सातापछि लार्के याङ्ग्री सरोकार समितिले अर्को ताला थपेको थियो। वार्तामा नबोलाई ताला खोल्ने चासो नदेखाएको भन्दै ज्यामिरे गाविस र शिखरपुर गाविसले पुनः ताला थपी हाल चारवटा ताला लागेको हो।
