जलस्रोतमन्त्री विष्णु पौडेलले १० वर्षभित्र १० हजार मेगावाट विद्युत उत्पादनको आधार तयार गर्न सरकार गम्भीरताका साथ लागेको बताएका छन् । २२ मंसिरमा रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले अरुण तेस्रो, माथिल्लो कर्णालीलगायतका ठूला जलविद्युत आयोजना निर्माणका लागि द्रूत गतिमा काम अगाडि बढिसकेको उल्लेख गर्दै पश्चेश्वर परियोजनाको डिपिआर निर्माणका लागि सकारात्मक उपलब्धिहरु हासिल भएकाले लक्ष्य पूरा हुने निश्चित भएको बताए
